Date: 2025-07-03
हाम्रो समुदायको लागि गर्वको क्षण । हामी खुसीका साथ जानकारी गराउन चाहन्छौं कि हाम्रो चेली/तामाङ चिकित्सक समाज नेपालका सल्लाहकार एवमं आजिवन सदस्य श्री डा. पूनम लामा ज्यूले ASCO IDEA Award 2025 प्राप्त गर्नु भएको छ, जुन American Society of Clinical Oncology द्वारा प्रदान गरिने एक अन्तर्राष्ट्रिय सम्मान हो। विश्वभरबाट चयन गरिएका २२ जना मध्ये एक भएर उहाँ हालै शिकागो, अमेरिकामा औपचारिक रूपमा सम्मानित हुनु भएको छ। क्यान्सर उपचारमा योगदान दिने उहाँको लगन, मिहिनेत र समर्पणलाई आज अन्तर्राष्ट्रिय रुपमा चिनिएको देख्दा मन निकै भावुक भएको छ। उहाँको यो उपलब्धि हामी सम्पूर्ण को लगि गौरवको कुरा हो। उहाँलाई धेरै धेरै बधाई तथा अझ उच्च सफलताको शुभकामना! 🙏
Editor: Dr. Nirajan Tamang